नियम १४
सुरक्षण लेख रह हुने
: (१) देहायको अवस्थामा सुरक्षण लेख स्वतः रद्द हुनेछ

(क) सुरक्षण लेखको अवधि समाप्त नहुदै सुरक्षित पशुधन बिक्री गरेमा वा अन्य कुनै किसिमले हक छाडी दिएमा, (ख) सुरक्षित पशुधन हराएको वा चोरी भएको कारणबाट सुरक्षण कर्ताको संरक्षणमा नरहेमा, (ग) क्राणीले लिएको कर्जाको अन्तिम भुक्तानी मिति अगावै सम्पूर्ण कर्जा चुक्ता गरेमा । (२) उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्रणीले सोही सदस्य संस्थाबाट लिएको अन्य कुनै किसिमको कर्जा चुक्ता गर्न बाँकी रहेछ भने निजले सो व्यहोरा सदस्य संस्थामार्फत कोषलाई जानकारी गराएमा कोषले सो सुरक्षण लेखमा उल्लिखित कर्जा भुक्तानी गर्नु पर्ने अन्तिम मितिसम्म कायमै राख्न सक्नेछ ।